प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन
२६ बैशाख २०७८, आईतवार ०९:०४
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले १० प्रतिशत बोनस शेयर दिन प्रयोजनको लागि हिजोको मितिमा बुक क्लोज गरेकोमा आज शेयर मूल्य समायोजन गरिएको हो । गत बिहिवार ९७२ रुपैयाँमा कारोबार भएको प्रभु इन्स्योरेन्स कम्पनीको शेयर आज आइतबार ८८४ रुपैयाँमा कारोबार हुनेछ ।