स्वालम्बन लघुवित्त संस्थाको स्वतन्त्र संचालक नियुक्ति
२१ बैशाख २०७८, मंगलवार ११:२३
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ ।
संस्थाको संचालक समितिको वैशाख २०७८/१/२० गते बसेको ३५८ औं बैठकले स्वतन्त्र संचालक पदमा काठमाडौं टोखा–११ मा बस्ने उमा जोशी बोहरालाई नियुक्ति गरेको हो ।
संस्थाले वैशाख २१ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षको लागि बोहरा स्वतन्त्र संचालक पदमा नियुक्त भएको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।