युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त
१९ बैशाख २०७८, आईतवार १८:१६
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।
कम्पनीको वैशााख १६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि उपासना पौडेललाई नियुक्ति गरेको हो ।
वैशाख १६ गतेबाट नै लागू हुनेगरी आगामी आउने चार वर्ष सम्मका लागि पौडेलले पदधारण गरी कम्पनीको सम्पूर्ण कार्यभार बेहोर्ने सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।