साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत
७ बैशाख २०७८, मंगलवार १४:२४
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो ।
गत पुष २९ गते सम्पन्न सो संस्थाको ४ औं साधारण सभाबाट पारित भएको १८ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भई कारोबार भएको हो ।
Nice