सिंगटी हाइड्रोको आईपीओको आवेदन समय थपियो
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओको समय थपिएको छ । गत माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समय थपिएको हो । आईपीओको समय फागुन ३ गते अर्थात् आज अन्तिम दिन रहेको छ ।
सिंगटी हाइड्रोले दोलखा जिल्लाको अति प्रभावित क्षेत्र कालिञ्चोक गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि उक्त आईपीओ निष्काशन गरेको थियो । कम्पनीले एक सय अंकित दरमा १४ करोड ५० लाख रुपैँया बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणको लागि आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो । आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।